पूर्वयुवराज पारसको गाडी मध्यराती पृथ्वीचोकमा पर्‍यो दुर्घटनामा

Parash shah

पोखरा । पूर्वयुवराज पारस शाह चढेको बा १४ च २१३१ नम्बरको गाडी शुक्रबार राति करिब साढे २ बजेको पोखराको पृथ्वीचोकमा दुर्घटनामा परेको छ ।

दुर्घटना भएको गाडीमा ३ जना सवार थिए । उनलाई छात्तीमा समस्या आएपछि मध्यरातमा गण्डकी अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको बताइएको छ ।

‘आफ्नो ड्राइभर नभएर अर्कै ड्राइभर लिएर अस्पताल जाँदै रहेछन् । निजी नभई अर्कै ड्राइभरले दुर्घटना गराएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले भने ।

दुर्घटनापछि चालक अशोक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसपी कार्कीले भने, ‘माद पदार्थ सेवन थिएन । चालकलाई हामीले नियन्त्रणमा लिइसकेका छौं । अब आवश्यक कारबाही अघि बढाउँछौं ।

पूर्व युवराज पारस लकडाउनको समयमा आफ्ना सहयोगीहरुसँग करिब ९ महिनादेखि पोखराको लेकसाइडमा बस्दै आएका छन् । केही दिनअघि उनले पोखराका जलारी समुदायलाई राहत वितरणसमेत गरेका थिए ।

उनको गाडीले गोरुलाई ठक्कर दिएको गोरु घटना स्थानमै मरेको थियो । गाडी शाहले नचलाई चालकले नै नचलाएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...