विभिन्न नाका भएर शनिबार बिहान २ सय २९ यात्रु काठमाडौं भित्रिए

12725873f3a5e256c88397bc87965546 w1000 h500 cp

काठमाण्डौ । विभिन्न नाका भएर आज बिहान २२९ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् ।

पास भएका ७७ वटा गाडीबाट २२९ जना यात्रु बिहान भित्रिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पास नभएका १४ वटा गाडी र ३४ जना यात्रुलाई फर्काइएको छ ।

गृह मन्त्रालयले अति अवश्यक काम नपरी आवतजावत नगर्न आग्रह गर्दै आएको छ भने काठमाडौं उपत्यका आउनै परे आरडीटी विधिमार्फत स्वास्थ्य परीक्षण गरेको रिपोर्ट देखाउन भनेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य चार नाकासहित सबै नाका क्षेत्रमा कडाइ गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...