कर्णाली प्रदेशका पहिलो संक्रमित परे विभेदमा, चौतर्फी दवावपछि बल्ल लगियो सुर्खेत

Dailekh qwrentin

दैलेख । कर्णाली प्रदेशकै पहिलो कोरोना संक्रमित ३५ वर्षीय युवालाई स्वास्थ्य समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको छ ।

कोरोना संक्रमित आठबीस नगरपालिका–१ का ३५ वर्षीय ती युवालाई चौतर्फी दवावपछि मात्रै आज थप उपचारका लागि सुर्खेत लगिएको हो ।दलित समुदायका ती युवाले आफुलाई घाँटी दुखेको र अन्य समस्या आएको भन्दै थप उपचारका लागि अनुनय गरेका थिए । तर, स्थानीय प्रशासन र राजनीतिक दलहरुका नेतृत्वले चासो नदेखाउँदा उनको स्वास्थ्यमा थप समस्या आएको थियो ।

उनले आफु बाच्न चाहेको र त्यसका लागि उपचारमा मद्यत गरिदिन पटकपटक आग्रह गरेपछि दैलेखकी सांसद पार्वती बिसुन्खेले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सिंहदरवारमा भेटी उपचारका लागि सहयोग गर्न आग्रह गरेपछि मात्रै उनलाई थप उपचारका लागि सुर्खेत लगिएको हो ।

सांसद बिसुन्खेले मन्त्री ढकाललाई बिहीबार मन्त्रालयमै भेटेर उपचारमा हेला गरिए संसदमै आवाज उठाउने भनेपछि मात्रै शुक्रबार उपचारका लागि सुर्खेत लगिएको हो । ‘दलित समसदायका व्यक्ति भनेरै उपचारमा हेलचेक्र्याई गरियो’ सांसद बिसुन्खेले निशान नयुजसँग भनिन्, ‘कोरोना संक्रमण जस्तो रोग लाग्दा राज्यले उपचारमा दलित भएकै कारण हेप्न मिल्दैन । त्यही भएर मैले माननीय मन्त्री ज्युलाई चाडो उपचारको व्यवस्था गरिए संसदमा कुरा उठाउँछु भनेको हुँ ।’

कर्णाली प्रदेशकै पहिलो संक्रमित भनिएका ती युवा गत जेठ १ गते मात्रै भारतबाट गड्डा चौकी नाका हुँदै नेपाल आएका थिए । भारतको बनबासास्थित शारदा इन्टर कलेजमा ५१ दिनसम्म क्वारेन्टाइनमा बसेर राजनीतिक दल, स्थानीय निकाय र स्थानीय प्रशासनको पहलमा नेपाल आएका थिए । उनलाई जेठ ३ गते आठबीस नगरपालिकाकै लक्ष्मी माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

सोही दिनको उनको कोरोना परिक्षण्का लागि श्वाब संकलन गरिएको थियो । ६ गते राती १०ः१५ मा मात्रै उनीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी दलित समुदायका व्यक्ति भएकै कारण ४ घण्टाको पैदल दुरीमा पुगिनेमा २८ घण्टापछि मात्रै सदरमुकामस्थित सरस्वती माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह बिश्वकर्मा, उपमेयर दीपा बोहरा, प्रतिनिधिसभाका सांसद पार्वती बिशुन्के र पूर्वराज्यमन्त्री बिनोदकुमार शाह लगायले कर्णाली प्रदेशकै पहिलो संक्रमितलाई लक्ष्मी मावि सात्तलाबाट सदरमुकामको सरस्वती मावि अर्थात् एउटा स्कूलबाट अर्को स्कूलमा ल्याउनु विभेद नै हो भनेर विज्ञप्ती निकाल्नेदेखि सामाजिक सञ्जालमा खरो टिप्पणी गरेका थिए । उनलाई दलित भएकै कारण उद्धार गर्न ढिलाई गरिएको र उपचारमा पनि हेल्चेक्र्याइँ गरिएको दैलेखका दलित अधिकारकर्मीको भनाई छ ।

दैलेख सदरमुकामको सरस्वती मावि तर्ताङमा निमार्ण गरिएको २० वेडको आइसुलेनसमा पेट्रोलियम पदार्थ उत्खनन्बाट फर्किएको चाइनिज टोलीले छोडेको ग्रीलको खटियामा ती संक्रमितलाई राखिएको थियो ।

‘राती यहाँ ल्याएर राखियो । स्कुलको हल छ, अध्यारो छ । पातलो पीफममाथि हरियो रंगको सुतीको तन्ना र सिरानी दिएका छन्’ संक्रमित युवाले निशान न्युजसँग भने, ‘स्वास्थ्यमा समस्या आएको छ । यहाँका स्वास्थ्यकर्मीले त केही समस्या आयो भने भन्नुस् भन्नु भएको छ ।’

प्रतिकृया दिनुहोस