धनकुटामा ८४ जनाको स्वाब संकलन

10rwmzi4mgskcpy3hm9t

धनकुटा । धनकुटामा थप ८४ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार गरी सातजनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएके हो ।

जल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन रेग्मीका अनुसार स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका बाँकी रहेका स्वास्थ्यकर्मी, बिरामीका कुरुवा, सुरक्षाकर्मी, संक्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालको क्वाटरभित्र रहेका सबै स्वास्थ्यकर्मीका परिवार गरी ८४ जनाको स्वाब संकलन गरिएको हो । 

संकलन गरिएको स्वाब शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने र शनिबारसम्ममा रिपोर्ट आइसक्ने अस्पतालका सूचना अधिकारी रेग्मीले बताए । यसअघि धनकुटामा जेठ चार एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जेठ ५ मा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षकर्मी, बिरामी र कुरुवा गरी ८३ जनाको स्वाब संकलन गरिएको थियो। तीमध्ये अस्पतालमा कार्यरत चारजना स्वास्थ्यकर्मी, दुईजना सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवार गरी सातजनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...