तीन हजार नक्सा छाप्‍न प्रेसमा पठाइयो

2020 05 20 nnnnn 1236734236

काठमाडौँ । नापी विभागले ३ हजार थान नेपालको नयाँ नक्सा प्रकाशन गर्ने भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बुधबार सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा मुलुकभरका सरकारी कार्यालयलाई निस्शुल्क उपलब्ध गराइने विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । ‘बिहीबार प्राविधिक र भाषा सम्पादन टोली बसी प्रशासनिक नापनक्साको स्वरुपलाई अन्तिम रुप दिएर प्रेसमा पठाएका छौं,’ उनले भने ।

सरकारले बुधबार नयाँ नक्सा सार्वजनिक गरेपछि विभागले चितवनमा रहेका कर्मचारीलाई नक्सा छाप्न राजधानी बोलाएको थियो । ढकालका अनुसार शनिबारसम्म ३ हजार प्रति नक्सा छाप्ने तयारी छ ।

त्यसपछि साधनस्रोत र जनशक्ति जुटाएर ५० हजार प्रति छापिने उनले बताए । राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालय, मन्त्रालय, विभाग, अन्य कार्यालय, सुरक्षा निकाय, गाउँ तथा नगरपालिका तथा वडा कार्यालयसम्म नक्सा निस्शुल्क उपलव्ध गराइने उनले बताए ।

‘तत्काल स्थानीय पालिका कार्यालयसम्म नक्सा प्रयोगमा ल्याउने गरी उपलव्ध गराइने छ, लकडाउन खुलेपछि भने देशभरका स्थानीय तहअन्तर्गतका वडा कार्यालयसम्म नै निशुल्क उपलव्ध गराउने गरी काम थालेका छौं,’ ढकालले कान्तिपुरसँग भने, ‘आमनागरिक, निजी संघसंस्थाका लागि माग र आवश्यकताअनुसार विभागले नै छापेर बजारमा पठाउने छ, लागेको न्युनतम मूल्य कायम हुने छ ।’

विभागले पछिल्लो पटक सार्वजनिक गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा गैरकानुनी रुपमा छापिए त्यस्ता व्यक्ति तथा संस्थालाई कारबाही गर्न प्रहरीमा पत्राचार गरिने ढकालले बताए ।

विगतमा पनि यस्तै अनधिकृत रुपमा नक्सा छापिएका कारण सरकारी र त्यस्ता नक्सामा फेरवदल हुने गरेको उनले बताए । अन्यत्रबाट नक्सा अनधिकृत रुपमा छापिनसक्ने जोखिम भएरै वेबसाइटमा नक्साको इपेपर नराखिएको विभागले जनाएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...