लकडाउनमा बिकासे काम : स्वर्गद्धारी जोडने सडक यसरी धमाधम हुँदैछ कालोपत्रे (फोटो फिचर)

Pyuthan sadak

प्युठान । यतिवेला लकडाउन छ । लकडाउका कारण अधिकांस विकासे कामहरु ठप्प छन् । तर, समयमा पर्यटकिय महत्वको भिग्रीं स्वर्गद्धारी सडक कालोपत्रे गर्न थालिएको छ ।

स्वर्गद्धारी नगरपालिकाको केन्द्र भिङ्ग्रीदेखि धार्मिकस्थल स्वर्गद्धारीसम्म जोड्ने १४ किलोमिटर सडकमा कालोपत्रेको काम धमाधम भइरहेको छ । गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण सरकारी बजेट फ्रिज हुने हो की भन्ने चिन्ता भइरहेका बेला आर्थिक वर्ष नसकिँदै यहाँको सडक धमाधम कालोपत्रे भइरहेको छ ।

प्रदेश नं. ५ को प्रदेश सरकारको २५ करोड ५० लाख रुपैयाँ लागतमा सडक कालोपत्रे गर्ने काम भइरहेको छ । यो सडकको ठेक्का काठमाडौंस्थित वसिस इन्जिनियर्स एण्ड बुल्डर्स प्रालिले पाएको थियो ।

आगामी असोजसम्ममा काम सम्पन्न गर्ने ठेक्का सम्झौता छ । सडक डिभिजन प्रमुख बिनोदप्रसाद सापकोटाले सरकारले लकडाउनको समयमा तोकेको शर्तलाई पालना गरेर काम अगाडि बढाइ रहेको बताउँछन् । ‘अहिले लकडाउन भएपनी बिकास निर्माणका काम सञ्चालन गर्न सरकारले परिपत्र गरेअनुसार कालोपत्रे गर्न थालेका हौं’, उनले भने, ‘कामदारहरूले सामाजिक दूरी कायम राख्दै काम गरिरहेका छन् ।’

इन्जिनियर अरुण खत्रीले कुल १४ किलोमिटर सडकमध्ये अहिलेसम्म ३ किमि सिंगल पोर्ट सम्पन्न भइसकेको बताए । उनका अनुसार अहिलेसम्म ७० प्रतिशत पुवौधारको काम सकिएको छ ।

कालोपत्रे सकिएपछि स्वर्गद्धारी आउजाउ गर्दा भक्तजनहरुले पहिला जस्तो सास्ती बेहोर्न नपर्ने, भिङ्ग्री बजार र स्वर्गद्धारीको दुरीसमेत छोटिने स्थानीय बताउँछन् । त्यति मात्र नभएर यो सडक कालोपत्रे सकिँदा वर्षायाममा हिलो र हिउँदमा धुलोले सताउने समस्या टर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...