धनकुटाका ५ जना संक्रमितलाई पुर्‍याउन रेडक्रस सभापति आफैँ पुगे विराटनगर

Dkt ambulence news

धनकुटा । धनकुटाका ५ जना कोरोना संक्रमितहरुलाई कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । उनीहरुलाई नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाका सभापति हरिकुमार राई आफैँले विराटनगर पुर्‍याएर धनकुटा फर्किएका छन् ।

कोरोना संक्रमितहरुलाई विराटनगरसम्म लैजान अन्य एम्बुलेन्सले आनाकानी गरेपछि सभापति राई आफैँले नेतृत्व गर्दै दिउँसो साढे ३ बजेतिर विराटनगरसम्म लगेका थिए । उनीहरुलाई पुर्‍याएर राई राती ११ः१५ बजे मात्रै धनकुटा आइपुगे ।

नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्दै जाने क्रममा धनकुटामा पनि बढिरहेका छन् । कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालहरुसम्म लैजाने एम्बुलेन्सहरुको समेत अभाव हुन थालेको छ ।

कोरोना संक्रमण सर्ने डरले अधिकांस चालकहरुले आनाकानी गर्ने गरेका छन् । धनकुटाका संक्रमितलाई धनकुटामै राख्न नमिल्ने तर चालकहरुले समेत आनाकानी गरेपछि उनी आफैँले संक्रमितहरुलाई विराटनगर लगेका थिए ।

धनकुटा जिल्लाको धनकुटा अस्पतालका महिला चिकित्सकमा कोरोना संक्रमण देखिएपछि गरिएको थप परिक्षणका क्रममा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । तीमध्ये बुधबार ५ जनालाई उपचारका लागि विराटनगर लगिएको छ ।

बुधबार अवेर मात्रै थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकाले उनलाई बिहीबार मात्रै विराटनगर लगिने धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. पुजन विश्वकर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...