बुटवलमा एकल महिलालाई राहत वितरण

Butwal help 1 1

बुटवल । बुटवल उपमहानगरपालिकाका दुई वटा वडामा रहेका एकल महिलाहरुले राहत पाएका छन् ।

एकल महिला समुह रुपन्देही, आशिष सामाजिक सेवा नेपाल बुटवल –२, अम्बेडकर सोसियल फाउण्डेसन लुम्बिनी बुटवलले बुटवल वडा नं.११ र १२ का ४५ परिवारका एकल महिलाका परिवाररलाई राहत सामाग्री वितरण भएको हो ।

कोभिड–१९ नागरिक सरोकार अभियान बुटवलको समन्वयमा कोरोना महामारीको संकटमा परेका एकल महिलाहरुलाई प्रति परिवारलाई १० केजी चामल, २ केजी दाल, १ लिटर तेल र १ केजी नुन लगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो ।

बुटवल–१३ का वडा अध्यक्ष नारायण पुन, १२ का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदी, आशिष सामाजिक सेवा नेपालका सविता विश्वकर्मा, एकल महिला समुह प्रदेश अध्यक्ष जानकी घिमिरे, रुपन्देही अध्यक्ष राधिका श्रेष्ठ लगायतले संयुक्त रुपमा राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरे ।


सो अवसरमा संगीतकर्मी संघ रुपन्देहीका अध्यक्ष दुर्गा क्षेत्री नेपाल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, संविधान सभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडी, नागरिक अभियान्ता अधिवक्ता पदम कार्की, विजय गोतम, सिता आचार्य, विनोद पोखरेल, चित्र गुरुङ, रिता बुढाथोकी, पत्रकार डिआर घिमिरे, समाजसेवी मधुकला कुवँर, एकल महिला समुह बुटवलका अध्यक्ष पवित्रा खनाल, नेकपा बुटवलका अध्यक्ष नारायण बञ्जाडे, सदस्य कल्पना थापा बस्नेत, टिका वली, विनय कसौधन, आनन्द शर्मा, जीवन बुढाथोकी, कल्पना श्रेष्ठ, रोहितकुमार शर्माले सो अभियानमा सहयोगीको भुमिका निर्वाह गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...