वेलफेयर सोसाइटी युकेले दियो चितवनको घैलाघारीमा राहत

Rahar chitwan 1

काठमाडौं । वेलायतमा क्रियाशील नेपालीहरुको संस्था नेपाली वेलफेयर सोसाइटी युके लकडाउन पीडितहरुको सहयोगी बन्न थालेको छ । यसले केही समययता कोरोनाबाट आक्रान्त बनेका र दैनिक जीवन धान्नसमेत कठिनाई भएका परिवारलाई राहत वितरण गरिरहेको छ ।

मंगलबार मात्रै उदयपुरको भुल्केका २० घर परिवारलाई राहत वितरण गरेको नेपाली वेलफेयर सोसाइटी युकेले बिहीबार चितवनमा राहत वितरण गरेको छ ।

वेलफेयर सोसाइटीले चितवनको भरतपुर महानगरपालिका वडा नं. २३ मा रहेको घैलाघारीमा २० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । उनीहरुलाई ३० केजी चामल, ३ केजी दाल, नुन, तेल लगायतका सामाग्री वितरण गरेको छ ।

सो राहत वितरण कार्यक्रममा वडा नं. २३ का वडाध्यक्ष नरनारायण पौडेल, नेकपाका नेता विष्णुकुमार नेपाली, नेपाली कांग्रेसका दोर्णप्रसाद शर्मा, मधुपुरी टोल विकास समितिका अध्यक्ष रविलाल विक, मनकामना साकोसका अध्यक्ष शम्भुराज भट्ट लगायतले नेपाली वेलफेयर सोसाइटी युकेको सहयोगले स्थानीय २० घर परिवारलाई ठूलो सहयोग पुगेको बताए ।

वेलायतमा धनबहादुर सार्कीको नेतृत्वमा उपाध्यक्ष पूर्णबहादुर नेपाली, महासचिवमा शम्सेर नेपाली, कोषाध्यक्षमा थमबहादुर सार्की लगायतले नेपाली वेलफेयर सोसाइटी युके नामक सामाजिक संस्था खोलेका छन् । यसले आपतमा परेका नेपालीलाई विभिन्न सहयोग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस