अबको लडाइँ बन्दुक र गोली काँधमा हालेर हुँदैन, कोठामा बसेर हुन्छ

Gobinda niraula

नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौला सरकारले अहिले गरिरहेको कोरोना रोकथामको प्रयासप्रति सन्तुष्ट हुनुहुन्न । कारण सरकारले कोरोना रोकथाम र राहत वितरणका नाममा भ्रष्टचारमा लिप्त भएको छ । के साच्चै हो त ? प्रस्तुत छ,  कोरोनाको महामारी र यसको प्रभावबारे निशान न्युजले गरेको कुराकानी :

बिश्व यतिबेला कोरोना भाइरसबाट ग्रस्त छ । नेपालको सरकारले यसको रोकथामका लागि लकडाउन पनि गरेको छ । यो प्रयास कत्तिको पूर्ण छ जस्तो लाग्छ ?
नेपालको सन्दर्भमा भन्नुपर्दा तपाईले गर्नु भएको प्रश्नले आफैँ उत्तर दिई सकेको छ । कारण सरकार लाचार छ । भ्रष्टचारमा लिप्त सरकारले महामारीको सामान र औषधि किन्दासमेत कमिसनको खेल खेल्नु कति लाजमर्दो कुरा हो ? त्यसमा पनि प्रधानमन्त्री र सरकारमा रहेका अधिकांस मन्त्री आफैँ भ्रष्टचारमा संलग्न छन् । 
अर्को कुरा, चीनको उहान प्रान्तबाट सुरु भएको महामारीले बिश्बका झण्डै डेढ लाख मानिसहरुको मृत्यु भइसकेको छ । अमेरिका र इटाली जस्ता बिकसित मुलुकको अबस्था हेर्ने हो भने नेपाल सुरक्षित छ भन्ने अबस्थामा छैन । कारण, बिश्बभरी करिब २० लाख मानिस संक्रमित देखिएको अबस्थामा अमेरिकामा मात्र करिब ६ लाख मानिस संक्रमित र २३ हजारभन्दा धेरै मानिसको मृत्यु भन्ने खबर सामान्य मान्न सकिँदैन । तथापि भारत, अमेरिका, बेलायत जस्ता बिकसित मुलुकको अबस्था हेर्दा नेपाल सुरक्षित देखिएको छ । तर, त्यसलाई तपाईले सरकारले गरेको लकडाउनलाई महामारी अन्त्यको पूर्णता सोच्नु भयो भने गलत हुन्छ । राज्यले लकडाउनको घोषणा गरेर जुन प्रयास देखाएको छ, बाटो उचित हुँदा हुँदै त्यसलाई मात्र दीर्घकालीन समाधानको उपाया मान्नु देशको लागि ठूलो भुल हुने हुँदा समयमा नै क्षमताको मुल्यांकन गर्न अप्ठारो मान्नु ढिलो गर्नुहुँदैन ।

यसको रोकथाम सरकार एक्लैले गर्न सक्ने कुरा हो र ? नागरिक सचेत हुनु पर्दैन ?
होईन । तर देश र जनताप्रति जिम्मेबार हुन सकेन भने त्यस्तो सरकारको के अर्थ ? तपाई आफैँ भन्नुस, के सरकारको जिम्मेबारी लकडाउन गर्ने मात्र हो ? देशमा भएका गरिब जनताका लागि गाँस, बास चाहिन्छ कि चाहिँदैन ? बिदेशमा अलपत्र परेका जनताको संरक्षण कसले गर्ने ? रोजगारको ब्यबस्था कसले गरि दिने ? हो सरकार एक्लैले गर्न सक्दैन । नागरिक पनि उत्तिकै सचेत हुनुपर्छ । तर पनि मुख्य जिम्मेबारी त सरकारकै हो ।

अहिलेको महामारीलाई रोक्न राजनीतिक दलहरुको भूमिका कस्तो हुनुपर्छ ?
तपाई देखिरहनु भएको छ, सरकारका आन्तरिक अप्राकृतिक शक्तिले कोरोना महामारीको बजेट सबै आफ्ना गोजीभित्र हाल्दा पनि नेपालका राजनीतिक दलहरु शान्ति सुब्यबस्थाको लागि कटिबद्ध देखिएका छन् । जनतालाई भगबान मान्दा हुन्छ । हामीहरु समेत देशको शान्ति स्थायित्ब निम्ति चिन्तित छौँ । मलाई अर्को कुरा लागेको छ, महामारीको अन्त्यपछि रोजगारीको लागि बिदेश गएका नेपालीहरु आफ्नो देशमा फर्किने चापलाई राज्यले धान्न सक्दछ कि सक्दैन । त्यसको लागि सरकारले कस्तो तयारी गरेको छ । सक्दैन भने घटना हुनु पहिलै देश राष्ट्रिय सहमतिको बाटोमा जानु पर्छ । हामीहरु योजनाका साथ सघाउन तयार छौँ ।

तपाई र तपाईको पार्टीले महामारी नियन्त्रणका लागि के गरेको छ ?
सरकारले देशलाई लकडाउन गरेको छ, हामीहरु त्यसलाई पूर्ण समर्थन गरेर बसेका छौँ । तर देश र जनताप्रति चिन्तित हुनु आत्मालाई तापको ज्बालाले सेकिराखेको छ । हाम्रो चिन्ता बिदेशमा मरेका नेपालीको लाश देखेर मात्र नभई आफ्नै देशको बोर्डरमा आएर पनि देशभित्र प्रबेश गर्न नपाएका नेपाली देखेर मन दुखी भएको छ । अमेरिका, बेलायत जस्ता देशमा कोरोना लागेर धेरै नेपाली दाजुभाई दिदी बहिनीहरु मृत्यु भएको खबर आउनु कति दुःखदायी कुरा हो । गरिब जनताको घरमा चुलो बल्न छोडेको खबरहरु आइरहेका छन् । एउटा साधारण मास्कको भरमा ड््युटीमा खटिएका सुरक्षाकर्र्र्मीको अबस्था हेर्दा केही बोल्न सक्ने अबस्था छैन । स्बस्थ्यकर्मीको अबस्थाबारे मैले बताइरहनु पर्दैन । जनतामा कोलाहल भयो र उनीहरुले फिल्ड छोड्ने अबस्था आयो भने के गर्ने ? पूरा देश नै अन्यौलमा छ ।

महामारीले बिश्बकै अर्थतन्त्रमा प्रभाब पारेको छ । नेपालमा कस्तो असर पर्ला ?
मैले भनिहाले नि देशको अबस्था भयाबह छ । बास्तबिकता केहो भने, २०४६ को प्रजातन्त्रले उद्योग बिहीन बनाएको नेपालको आर्थिक अबस्था २०५२ देखिको बारुदी आतंकले तहस नहस बनाएको छ । निर्यात बजार सुन्य हुनु देश बिघटनको बाटोमा जाँदैन भन्ने कुरा बिस्वास गर्ने अबस्था छैन । कृषिको उत्पादकत्ब जीवनयापनको लागि समेत अपुग छ । त्यति मात्र हो, जीवनयापनको निम्ति रोजगारी गर्न बिदेश गएका गरिव नेपाली दाजुभाई दिदिबहिनीहरुले परिश्रम गरेर पठाएको पैसाले देशको अर्थतन्त्र धानेको छ । तपाई आफैँ भन्नुस् अन्तर्राष्ट्रिय अर्थतन्त्रको प्रभाव रोजगारदाता मुलुकमा पर्यो भने नेपालको अर्थतन्त्र के हुन्छ ? डामाडोल हुन्छ ।

अहिलेको महामारी रोक्ने नाममा भ्रष्टचार मौलाएको छ । यसलाई कसरी ब्याख्या गर्नु हुन्छ ?
तपाईले देखिरहनु भएको छ, भ्रष्टचारको ब्याख्या त प्रधानमन्त्री केपी ओली र नेता प्रचण्डले गरिसक्नु भएको छ । एनसेल काण्ड, बालुबाटार काण्ड, गोरे सुन काण्ड, बाईडबडी काण्ड, मेलम्ची काण्ड, फोरजी काण्ड, कोरोना सामाग्री काण्ड, कति ब्याख्या हेर्ने ? नेपालको महाकाली भारतलाई बेचेको आशंका छ । त्यस अर्थमा भन्नु पर्दा हामीहरु बर्तमान शासन–सत्ताकै बिरुद्धमा छौँ । अर्थात् हामीहरुको निचोड सम्बैधानिक प्रजातन्त्र र हिन्दुराज्यको स्थापना भएन तथा भ्रष्टचारको निर्मुल गर्न सकिएन भने देश बच्न सक्दैन भन्ने छ ।

यस्तो बिपतको बेला भ्रष्टचार हुनु लाजमर्दो बिषय होईन र ?
हो । तर यो बिषय त ओली र प्रचण्डलाई पो सोध्नु पर्छ । ईज्जत भएको मानिसको न बेईज्जत हुन्छ । ३० औं हजार मानिस मारेर सत्तामा पुगेका ब्यक्तिलाई के को लाज ?

चीनबाट फैलिएको कोरोना भाईरसको महामारीलाई तपाईले त ‘बाईलोजिकल वार’ भन्नु भएको थियो । किन त्यस्तो भन्नु भएको ?
बिश्व धु्रवीकृत हुन खोजिरहेको छ । शक्ति र महाशक्ति राज्यबीचको लडाई भएन भने कुन शक्ति सुपर पावर भन्ने कुरा आफु आफुलाई नै थाहा नहुने कुरा हो । अबको लडाई बन्दुक र गोली काँधमा हालेर हुन्छ भन्ने कुरा बिस्वास गर्नु हुँदैन । अबको लडाई घरको कोठाभित्र बसेर हुन्छ । हार जित कम्प्युटरको पर्दामा देखिन्छ । 
अर्को कुरा, एउटा समयमा मैले दक्षिण एशियामा शीतयुद्धको संक्रमण भनेर लेख्दा धेरै पत्रकार साथीहरुले प्रश्न गर्नु भएको थियो । तपाईले दोक्लाम घटना देखिहाल्नु भयो । दोक्लाम घटनाको शीत ओभाउन नपाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनको राष्ट्रपतिलाई रातो कार्पेट बिच्छ्याउन आतुर देखिए । जब अमेरिकी राष्ट्रपतिको नजर एशियन जोनतिर घुम्यो,  वास्तबिक आफु सुपर पावरमा रहिरहन तेस्रो बिश्व युद्धको आवस्यकता शक्ति राज्यको निम्ति पनि उभार भएको महशुस हुन्छ । बिश्व आतंकित कोरोनाबाट त्रसित अमेरिकाले आफ्ना सबै राज्य लकडाउन गरेर चीनको सहयोग खोज्नु बास्तविकता बुझ्न धेरै ढिलो गर्नु हुँदैन  ।

यो महामारीले विश्वका बिभिन्न देशहरुबीच एक भएर अघि बढ्न चुनौती दिएको छ भन्ने लाग्दैन ? 
चुनौती होईन सहयोग पुर्याएको छ । आवस्यकता महसुस गराएको मान्नु पर्दछ ।

अन्त्यमा, कोरोनाको महामारी रोक्न कस्को के भूमिका हुन सक्ला ?
देशको सन्दर्भमा भन्नुपर्दा मुलुक र जनताप्रति उत्तरदायी सरकार र राष्ट्रिय एकता आवस्यक छ । राष्ट्रिय एकताको लागि बर्तमान शासन–सत्ताको अन्त्य, संबैधानिक प्रजातन्त्र र हिन्दुराज्यको स्थापना भयो भने राष्ट्रिय एकता कायम हुन सक्छ । अन्तर्राष्ट्रिय प्रसंगमा कुरा गर्दा शक्ति र महाशक्ति राज्यबीच सुमधुर आपसी सम्बन्ध कामय हुनुपर्छ । चीन र अमेरिकाबीचको सम्बन्धमा सुमधुरताको भावना बिकसित भए मात्र पनि बर्तमान महामारी नियन्त्रण हुन सक्छ । तर त्यतिले मात्र विश्व त्रासदी समाप्त भएको भन्ने नहुनाले अस्तित्वमा रहेका देशहरुले भविस्यको दिनलाई नजिकबाट नियाल्न आवस्यक छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...