माघ दोस्रो साता दलित पत्रकार संघको सुदूरपश्चिम भेला हुने

Dalit patrakar sang logo

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको सुदूरपश्चिम भेला माघ दोस्रो साता हुने भएको छ । भेला सम्पन्न गर्न करण ताम्राकारको संयोजकत्वमा भेला आयोजक समिति गठन पनि गरेको छ ।

माघ १७ गते सुदुरपश्चिमको प्रदेश राजधानी धनगढीमा हुने भएकाले भेला सम्पन्न गर्न संघले भेला आयोजक समिति गठन गरेको हो ।

भेला सम्पन्न गर्न पदम सुनार (कैलाली), सीपी लोहिया (बैतडी ), सुनिता बिक (कैलाली), लालबहादुर एसके (कैलाली), निराजन परियार (कैलाली), ललित रड्गाई (अछाम), राजेन्द्र बिक (बाजुरा), प्रेम बिक ( बाजुरा) र लालबहादुर चदाँरा (अछाम( सदस्य बनाएको छ । भेला आयोजना गर्न समितिको बैठक बसेर अन्य सदस्य पनि थप गर्ने संयोजक ताम्राकारले बताए ।

यस्तो छ विज्ञप्ती
राष्ट्रिय दलित पत्रकार संघ नेपाल विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारहरुको छाता संगठन हो । संघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक कार्यान्वयनको सवालमा बहस पैरवी गर्दै आएको छ । सञ्चारमाध्यमको विकास र विस्तारका साथै संघ जातीय भेदभाव तथा छुवाछूतसँगै सबै प्रकारका विभेदहरुको अन्यका लागि क्रियाशील छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको सुदुरपश्चिम प्रदेशको प्रथम ऐतिहासिक भेला यही मिति २०७६ माघ १७ गते सुदुरपश्चिमको प्रदेश राजधानी धनगढीमा हुने भएकाले तपसील बमोजिमको भेला आयोजक समिति गठन गरिएको छ ।
तपसिलः

संयोजकः करन ताम्राकार, डडेल्धुरा
सदस्यः पदम सुनार, कैलाली
सदस्यः सीपी लोहिया, बैतडी
सदस्यः सुनिता बिक कैलाली
सदस्यः लाल बहादुर एसके कैलाली
सदस्यः निराजन परियार, कैलाली
सदस्यः ललित रड्गाई, अछाम
सदस्यः राजेन्द्र बिक, बाजुरा
सदस्यः प्रेम बिक, बाजुरा
सदस्यः लालबहादुर चदाँरा अछाम

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...