राष्ट्रिय दलित पत्रकार संघको रुपन्देही अध्यक्षमा सुनार

Dalit journalist rupandehi

बुटवल । दलित समुदायका पत्रकारहरुको साझा संस्था राष्ट्रिय दलित पत्रकार संघ नेपालको रुपन्देही जिल्ला भेला बिहीबार सम्पन्न भएको छ । सो भेलाले देवदह टेलिभिजनका समाचार प्रमुख टंक सुनारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा रेडियो जागरणका शशी परियार, सचिवमा रेडियो मलमलाका सुरेश परियार, सहसचिवमा रेडियो जागरणका गोविन्द रसाईली र कोषाध्यक्षमा दैनिकपत्र दैनिकका कृष्ण रणपाल चयन भएका छन् ।

सो भेलाले सुरेन्द्र परियार, तिर्सना पन्थी, सिता दर्नाल, सुदीप पहाडी, प्रमोद नेपाली र भरत नेपालीलाई सदस्य चयन गरेको छ भने सञ्जय सौगात, राधेश्याम विश्वकर्मा, विवेक विश्वकर्मा, साबी विक, फूलु सुनार, किसन बराल, अम्बिका परियार र अमरदीप बिसीलाई सल्लाहकार चयन गरेको छ ।

मानव अधिकारकर्मी गोविन्द खनालको संयोजकत्वमा गठन भएको तीन सदस्यीय निर्वाचन समितिले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन भएको घोषणा गरेको हो । समितिको सदस्यहरुमा दलित अधिकारकर्मीहरु हरि बोमरेल र मनु खड्का रहेका थिए ।

नवनिर्वाचित जिल्ला समितिलाई प्रदेश ५ का सांसद दीपा विश्वकर्मा र राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले अविर लगाएर बधाई दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...