काठमाडौँ उपत्यकामा एकैदिन थपिए ७६७ जना कोरोना संक्रमित

Sahar kathmandu valley

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षीय महिला तथा ८२ वर्षका पुरुषको मृच्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार ५ सय ८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय २५ जनासहित देशभर संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस