ताप्लेजुङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

Accident news

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङमा बिहीबार भएको पिकअप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीया पवित्रा थापाको ज्यान गएको हो । वडाध्यक्ष सुरेश थापाका अनुसार चालक पदम थापा गम्भीर घाइते छन्। पिकअपमा सवार ८ जनामध्ये अन्य सामान्य घाइते छन् ।

सदरमुकामबाट खोक्लिङको डाँडा गाउँतर्फ गईरहेको मे १ ज ६६०६ नम्बरको ट्याक्सी थापागाउँस्थित सडक घुम्तिबाट तल खसेर दुर्घटनामा परेको थियो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...