कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन

542313213

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४  नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार  १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् ।

कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित छन् ।

कोरोनाका कारण  हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । विदेशमा अलपत्र  ६९ हजार नेपालीको उद्धार गरिएको छ । सङ्घ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...