मनाङ र मछिन्द्रका झगडा गर्ने ६ खेलाडीहरुलाई प्रतिबन्ध

Kheladi

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबका झगडा गर्ने खेलाडीहरुलाई प्रतिबन्ध गरेको छ । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५–५ खेल तथा रञ्जन विष्टलाई २ खेलका लागि निलम्बन गरिएको छ । यस्तै मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बन गरिएको छ ।

यस्तै जगजित र अशोकलाई जनही १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको एन्फाले जनाएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगको बाँकी सबै खेलमा निलम्बन गरिएको छ भने १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ । टिमको बेञ्चलाई अनुशासनमा राख्न नसकेकामा दुबै टिमलाई ५० हजार जरिवाना समेत तोकिएको छ ।

ए डिभिजन लिगमा सोमबार भएको खेलमा दुई क्लबले २–२ गोलको बराबरी खेलेका थिए । तर खेल लगतै दुबै टिमका खेलाडीहरुले झगडा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...