उदयपुरमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीन घाइते

Accident news

उदयपुर । उदयपुरमा बुधबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्लाको उत्तरी भौगोलिक रूपमा विकट रहेको ताप्ली गाउँपालिकामा बोलेर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । ताप्ली गाउपालिका(१ धपिनीतर्फ जाँदै गरेको बोलेरो भीरबाट खसेर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा दुईजनाको घट्नास्थलमै मृत्यु भएको तथा अन्य तीनजना घाइते भएको वडा अध्यक्ष गोविन्द सेनले जानकारी दिए । दुर्घटना मृत्यु हुनेहरूको सनाखत हुन सकेको छैन । घाइते हुनेहरूमा गाडी चालक आशिष मगर, यात्रुहरू मतिलाल राई बाबू राई र रसमाया राई छन् । दुर्घटनामा एकजना बेपत्ता भएको र बेपत्ताको खोजी तीब्र पारिएको पनि वडा अध्यक्ष सेनले जानकारी दिए

। दुर्घटनामा सवारी चालक आफैँ गम्भीर घाइते भएका कारण दुर्घटनाको कारण थाहा हुन नसकेको वडा अध्यक्ष सेनले बताए । उनले दुर्घटनास्थल एकदमै विकट ठाउँमा भएको कारण विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ । दुर्घटना स्थलमा स्थानीय वासी तथा युवा मिलेर उद्दार कार्य जारी रहेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...