बुहारी दलित भएको थाहा पाएपछि परिवार मिलेर हत्या

Hattya11

काठमाडौँ । उदयपुर जिल्लाको कटारी नगरपालिकामा बुहारी दलित भएको थाहा पाएपछि हत्या गरेको रहस्य खुलेको छ । कटारी नगरपालिका कटारी नगरपालिका–४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारका १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको रहस्य खुलेको हो ।

१४ कात्तिक २०७४ मा सिम्लेस्थित जंगलमा सडेको अवस्थामा संगीताको शव फेला परेको थियो । लामो समयको अनुसन्धानपश्चात प्रहरीले हत्या भएको भन्दै गत २२ मंसिरमा देवर सुजन कार्कीलाई पक्राउ गरेको थियो ।

त्यसपछि बुवा नैनबहादुर र दाजु मृतकका श्रीमान युवराज कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले अनुसन्धानका क्रममा युवराजले विवाह गरी ल्याएका संगिता विश्वकर्मा दलित रहेको थाहा पाएपछि परिवार नै मिलेर हत्या गरेको पाइएको बताए ।

फोन सम्पर्कबाट आपसमा सम्बन्ध जोडेका युवराज र संगिताले भागी बिवाह गरेका थिए । पक्राउ गरेका तीनै जनालाई जिल्ला अदालत उदयपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...