वडा कार्यालयमा प्रेसर कुकर बम

Bomb 20180814073625

सिन्धुली । मरिण गाउँपालिका३ मथौलीको वडा कार्यालयमा प्रेसर कुकर बम भेटिएको छ । बुधबार दिउँसो कार्यालय सरसफाई गर्नेक्रममा कर्मचारीले बम फेला पारेका हुन् ।

वडा अध्यक्षको कार्यकक्षलाई लक्षित गरी वडा कार्यालयको पछाडीपट्टी भित्तामा बम फेला परेको वडाध्यक्ष प्रवक्ता प्रख्यात मोक्तानले जानकारी दिए । ‘मेरो कार्यकक्षमै जोडेर कार्यालयको बाहिरपट्टी भित्तामा बम राखिएको छ । हामीले दिउँसो मात्र थाहा पाएका हौं,’ उनले भने ।

बम तीन लिटरको जस्तो देखिने प्रेसर कुकरमा राखिएको छ । त्यहाँ एउटा मोबाइलसमेत फिट गरिएको र मोबाइल र कुकरबीचमा तारहरु जोडिएको देखिएको मोक्तानले बताए । अहिले बम राखिएको ठाउँमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरिक्षकको टोली पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयमा समेत बम भेटिएको बारेमा जानकारी गराइएको उनको भनाई छ । बम डिस्पोज गर्न रातीको समयमा कठिन हुने भएपछि जिल्लाबाट नेपाली सेनाको टोली बिहीबार बिहान मात्र आइपुग्ने जानकारी पाएको वडाध्यक्ष मोक्तानले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...