आईपीएलमा चेन्नईको विजयी सुरुवात

Chennai s1zdsd0nra

एजेन्सी । भारतको प्रतिष्ठित क्रिकेट इन्डियन प्रिमियम लिग सिजन २०२० अन्र्तगत पहिलो खेलमा चेन्नेई सुपर किंगसले बिजय सुरुवात गरेको छ । आईपीएलको १३ औं संस्करणमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको हो ।


गएराति युएईको आबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको छ । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै फाप डु प्लेसिसले अविजित रहँदै ५५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै चेन्नईले मुम्बईसँग १२ औं संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । गएको वर्षको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो । यस्तै कप्तान धोनीले आफ्नो कप्तानीमा चेन्नईका लागि एक सय औं जित पूरा गरेका छन् ।

प्रतिकृया दिनुहोस