इरानद्धारा इराकस्थित दुई अमेरिकी सुरक्षा अड्डामा मिसाइल हमला

Iran amrica

 

काठमाडौँ । अमेरिकाले शुक्रबार ड्रोन हमलामा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि बदला लिने बताएको इरानले अमेरिकी सेना बस्ने इराकको एन अल असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी रकेट आक्रमण गरेको छ । मंगलबार इरानमा सुलेमानीको अन्तिम संस्कार गरिने बताइएको भएपनि सोमा सहभागीबीच भागदौड मच्चिदा ३२ जनाको ज्यान गएपछि स्थगीत गरिएको थियो ।

अमेरिकी संचार माध्यम सिएनएनले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हवाला दिदैं इराकस्थित आफ्ना दुई सैन्य आधार क्षेत्रमा दर्जन ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण भएको जनाएको छ ।

ुयी मिसाइलहरू इरानबाट हानिएको स्पष्ट छ । इराकका अल असाद र इब्रिलका अमेरिकी सेना र उसका गठबन्दनका मानिसहरू बस्ने ठाउँलाई निशाना बनाइएको छु, अमेरिकी सुरक्षाको सार्वजनिक मामिला सचिवालयका सहायकले एक वक्त्वयमा भने ।

हामीले प्रारम्भिक क्षतिको अध्यन गरिरहेका छौं उनले थपे । उनले इरानी सरकारले अमेरिकी सुरक्षाफौज र चाहनामाथि आक्रमण गर्ने योजना गरिरहेकाले आक्रमणपछि सुरक्षा आधार क्षेत्रलाई उच्च सतर्कतामा राखिएको बताए । सो क्षेत्रमा रहेका अमेरिकी नागरिक, साथी तथा गठबन्धनको सुरक्षाका लागि आवश्यक कदम चालिने पेन्टागनले बताएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...