दिनप्रतिदिन काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै, एकैदिन थपिए ७११ संक्रमित

1590588492 frwvd

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । तर शुक्रबारको तुलनामा भने शनिबार काठमाडौं उपत्यकाभित्र पनि भने केही घटेको छ ।

काठमाडौं उपत्यकामा निरन्तर कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घन्टामा ७ सय ११ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ७० जना, भक्तपुरमा ८३ जना र ललितपुरमा ५८ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४ जनासहित देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ४५ हजार २ सय ६७ जना निको भएर घर फर्किएका छन् भने ४ सय १ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...