चर्को विरोधपछि निर्णयबाट पछि हट्‍यो मन्त्रालय,सुब्बा र खरदारको विज्ञापन ठुलो संख्यामा गरीदैँ

Lok sewa aayog offic 20190105004039

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सुब्बा खरिदार र कार्यालय सहयोगीको विज्ञापन तथा पदपूर्ति सम्बन्धी माग नगर्न गरेको निर्देशनबाट पछि हटेको छ । उसले एक हप्ता पनि नपुग्दै निर्णय फिर्ता गरेको छ ।

यही पुस १६ गते सचिवस्तरीय निर्णय गरेर मन्त्रालयले राजपत्र अनंकित (सुब्बा, खरिदार) तथा श्रेणीविहीन पदमा तत्काल कर्मचारीको पदपूर्ति सम्बन्धी माग नगर्न निर्देशन गरेको थियो ।

पदपूर्ति रोक्ने निर्णयको चर्को विरोध भएपछि सामान्य प्रशासन मन्त्रालयले सोमबार राजपत्र अनंकित प्रथम श्रेणीको कम्प्युटर अपरेटर बाहेक अन्य पदको हकमा विज्ञापन तथा पदपूर्तिको कारवाही अघि बढाउन बाधा नपुग्ने निर्णय गरेको छ । चौतर्फी विरोधपछि मन्त्रालय एक हप्तामा नै निर्णयबाट पछि हटेको हो ।

मन्त्रालयले संघमा समायोजन भएका कर्मचारीको पदस्थापना गर्ने कार्य सम्पन्न भएको र अनिवार्य अवकास वा राजीनामाबाट दरबन्दी रिक्त भएकोले पदपूर्ति नहुँदा जनशक्ति अभाव हुनेभनि पदपूर्ति अघि बढाउन विभिन्न मन्त्रालय ,आयोग,प्राधिकरण,केन्द्र,कार्यालय,निकायबाट अनुरोध आएकोले भन्दै पदपूर्तिको कार्य अगाडि बढाउन लोक सेवा आयोगलाई पत्रचार गरेको छ । कर्मचारी संघ सगठनले पदपूर्ति र विज्ञापन रोक्ने कार्य विरोध जनाउँदै निर्णय फिर्ता गर्न माग गरेका थिए ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव भुपाल बरालले कम्प्युटर अपरेटर बाहेकको सुब्बा, खरिदार तथा कार्यालय सहयोगीको पदपूर्ति खुला गर्न बाधा नपर्ने निर्णय भएको बताए । ‘कम्प्युटर अपरेटर स्थगन नै छ, अरु चाहिँ मन्त्रालयले खुला गरेको छ, उनले भने ।

सामान्य प्रशासन मन्त्रालयले पुुस १६ गते सचिवस्तरीय निर्णय गरी राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालयसँगै सबै मन्त्रालय, आयोग, बोर्ड, केन्द्र, परिषद, कार्यालय, प्राधिकरण, सातवटै प्रदेश प्रमुखका कार्यालय र ७७ वटै जिल्ला समन्वय समितिका कार्यालयलाई परिपत्र गर्दै पदपूर्तिसम्बन्धी माग स्थगित गर्न सर्कुलर गरेको थियो ।

स्थानीय तहको लागि पदपूर्तिको विज्ञापन भइ कर्मचारी सिफारिस भएर आउने क्रम सुरु भएको हुँदा लोक सेवा आयोगमा माग पठाउँदा पछि कर्मचारी व्यवस्थापनमा सामस्या हुने मन्त्रालयले जनाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...