रौतहटमा पीसीआर ल्याव स्थापना

Pcr 3

 रौतहट । रौतहटमा पीसीआर ल्यावको स्थापना भएको छ । प्रदेश नम्बर २ सरकार र जिल्लाका पालिकाहरुको सहयोगमा जिल्ला अस्पताल गौरमा सो ल्यावको स्थापना गरिएको हो । सो ल्यावको आज एक औपचारिक कार्यक्रमको आयोजना प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहले गर्नुभएको थियो ।

उहाँले कोरोना कहरबाट गुज्रिरहेको रौतहटमा पनि पीसीआर ल्याव स्थापना भएपछि परीक्षण छिटो हुने जसले गर्दा संक्रमितहरु चाँडै पत्ता लगाएर उनीहरुको व्यवस्थापन गर्न सहज हुने धारणा राख्नुभयो । उहाँले पीसीआर जाँचका लागि आवश्यक पर्ने जनशक्तिका प्रदेश सरकार र केन्द्र सरकारले उपलब्ध गराउने बताउँदै कोरोना नियन्त्रणको लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

यही साउन ३० गतेका जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लास्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रौतहटको संयुक्त बैठकबाट कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्लामै पीसीआर ल्याव स्थापना गर्ने निर्णय अनुसार ल्यावको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

सो बैठकमा पीसीआर ल्याव स्थापनाको लागि जिल्लाका १८ वटै स्थानीय पालिकाहरुका प्रमुखहरुले प्रति पालिका ५ लाख दिने घोषणा गरे अनुसार १३ वटा पालिकाहरुले रकम दिइसकेको बताउनुभयो । उहाँले अब जिल्लामै भेन्टिलेटर र आइसियु स्थापनामा पनि पहल भइरहेको जनाउँदै कोरोना नियन्त्रणमा कुनैपनि कसर बाँकी नराखिने गरी तयारी गरिरहेको जानकारी दिनभुयो ।

सो ल्याव स्थापनाको लागि प्रदेश सरकारले पीसीआर मेसिन लगायतका मेसिनरी पार्टसहरु उपलब्ध गराएको र गौर अस्पतालले अन्य व्यवस्थापन गरेको सो अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर कृष्ण साहले जानकारी दिनुभयो । उहाँले सो ल्वाबबाट स्वाव परिक्षण सुरु भइसकेको जानकारी दिदैँ ल्यावमा आवश्यकता अनुसार ४ घण्टामा ७२ वटा स्वाव परिक्षण गर्ने क्षमता रहेको बताउनुभयो ।

हाल ल्याव संचालनका लागि आवश्यक सामाग्री र जनशक्ति प्रदेश सरकारले उपलब्ध गराएको र आगामी दिनका लागि गौर अस्पतालले पनि जनशक्ति उत्पादनको तयारी गरिरहेको साहले बताउनुभयो । जिल्लामै ल्याव स्थापना भएर परीक्षण सुरुभएपछि अब स्वाव परीक्षणको नजिताको लागि हप्तौ कुर्नुपर्ने वाध्यता हटेमा गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले खुसी व्यक्त गर्नुभयो ।

उहाँले यसअघि स्वाव संकलन गरेर परीक्षणका लागि काठमाडौँ, हेटौडा, बिरगंज र जनकपुर लानुपर्ने झण्झट रहेको र रिर्पोट पनि समयमा नआउनाले उत्पन्न भएको समस्या र तनावबाट अब जिल्लावासीले मुक्ति पाउने आशा व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...