जेएनयूमा हिंसा, छात्र संघका अध्यक्षसहित १८ घाइते

Jnu

नयाँ दिल्ली । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटी (जेएनयू)मा आइतबार साँझ भएको प्रदर्शनमा हिंसा हुँदा छात्र संघका अध्यक्षसहित १८ जना घाइते भएका छन् । अध्ययन शुल्क बढेकामा घटाउन माग गर्दै गरिएको प्रदर्शनमा छात्र संघका अध्यक्ष आइशी घोषसहित १८ जना घाइते भएका हुन् ।

उक्त प्रदर्शनमा गुन्डा छिरेर विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेको आरोप लागेको छ । गुन्डाहरुले मास्क लगाएर आएका थिए । जेएनयूका पूर्व प्रोफेसर योेगेन्द्र यादवमाथि पनि आक्रमण भएको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई कठिन परेको थियो ।

छात्र संगठनले विद्यार्थीमाथि भएको मारपीटको विरोध गर्दै दिल्ली पुलिस मुख्यालय बाहिर प्रदर्शन गरेका थिए । जेएनयू आक्रमणको विरोधमा पुने, मुम्बई लगायत विभिन्न स्थानमा विद्यार्थीहरुले ऐक्यवद्धता जनाएका छन् । भारतीय गृहमन्त्री अमित शाहले घटना जाँचका लागि आदेश दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...