अमेरिकी चर्चित न्यायाधीश रुथ बाडेर गिन्सबर्गको निधन

Ruth2020 09 19 07 06 32 800x498 50

काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतकी चर्चित न्यायाधीश रुथ बाडेर गिन्सबर्गको निधन भएको छ । क्यान्सर रोगबाट पिडित न्यायधिश गिन्सबर्गको ८७ बर्षको उमेरमा उनको घरमै निधन भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

उनलाई अमेरिकामा महिला अधिकारको पक्षमा काम गर्ने चर्चित महिला न्यायाधिशको रुपमा चिनिन्छ । गिन्सबर्ग अमेरिकी इतिहासमा बढी उमेर समयसम्म न्यायधिशको रुपमा काम गर्ने न्यायधिस समेत हुन् । उनले सन १९९३ देखि सर्वोच्च अदालतमा न्यायाधिशको रुपमा काम गरिरहेकी थिइन् । उनलाई तत्कालिन राष्ट्रपति विल क्लिन्टनले न्यायाधिशको रुपमा मनोनित गरेका थिए ।

अमेरिकामा सर्बोच्च अदालतका न्यायाधिशले आफुले रिटायर्ड हुने निर्णय नलिएसम्म काम गर्न पाउने प्रावधान रहेको छ । गिन्सवर्गको निधनसँगै अमेरिकामा उनको ठाउमा नियुक्त हुने व्यक्तिको चर्चा शुरु भएको छ ।

ट्रम्प राष्ट्रपति भएपछि अहिलेसम्म २ जना न्यायाधीश मनोनित गरेका छन् भने अमेरिकी सर्बोच्च अदालतमा अहिले ९ जना न्यायाधिश मध्ये ५ जना कन्जरभेटिभ र ४ जना डेमोक्रेटले मनोनित गरेका रहेका छन् ।

प्रतिकृया दिनुहोस