कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतक संख्या ३९० पुग्यो

Corona dead body

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ५ पुरुष छन्।

मोरङका ६६/६६ वर्षीय दुई पुरुष, काठमाडौँका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ।

नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन उकालो लागिरहेको छ। शुक्रबार मात्रै देशभर एकैदिन अहिलसम्मकै धेरै २ हजार २० जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा मात्रै ८ सय ५९ जना संक्रमित थपिएका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...