जनकपुर आइपुग्यो नेपाली रेल

Janakpur rel 7

काठमाडौँ । लामो समयका प्रतिक्षापछि जनकपुरमा रेल आइपुगेको छ । नेपालले नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट जनकपुर आइपुगेको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा रोकिएका थिए । अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याइएको हो । रेल नेपाल आए पनि फेरि भारत नै फर्किनेछ ।

सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ । त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ । न्यारोगेजमा जनकपुर–जयनगर २९ किलोमिटर सञ्चालन हुँदै आएको रेल ०७१ माघदेखि बन्द भएको थियो ।

प्रतिकृया दिनुहोस