निर्वाचनमा भएको खर्च सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

Chitra bdr kc

काठमाडौं । निर्वाचन ठुलो रकम खर्च गरेर निर्वाचित भएका पदाधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गर्ने गरेको भन्दै खर्चको छानबिन हुनुपर्ने राष्ट्रिय जनमोर्चाले माग गरेको छ ।

महंगो हुँदै गएको निर्वाचन प्रणालीमा खर्चको छानबिन गर्ने निकाय हुनुपर्ने आवश्यकता औंल्याउँदै राजमोले प्रत्येक निर्वाचनमा भएको खर्च सार्वजनिक गरेर निर्वाचन प्रणाली पारदर्शी बनाउन माग गरेको छ ।

बिहीबार वक्तव्य प्रकाशित गरी अध्यक्ष चित्रबहादुर केसीले देशमा राजनीति र निर्वाचनको क्षेत्रमा धेरै विकृति, विसंगति र भ्रष्टाचार हुने गरेको बताएका छन् ।

निर्वाचन आयोगले दलहरुसँग विभिन्न विषयमा विगतमा सुझाव मागेको र आफ्नो पार्टीले यो विषयलाई प्रमुखताका साथ उठाएको राजमोले जनाएको छ।

‘दलाल, ठुला ठेकेदार वा व्यापारीहरुलाई निर्वाचनमा उमेदवार हुन दिनु हुँदैन, निर्वाचनमा हुने खर्चको नियन्त्रण गर्न र बाह्य शक्ति केन्द्रको लगानीलाई रोक्न कानुनी व्यवस्थाको साथै प्रभावकारी उपायहरु अपनाउनु पर्दछ’ राजमोको सुझावमा उल्लेख छ।

यस्तै राजमोले विदेशस्थित नेपालीलाई आफू बसेकै स्थानबाट मतदानको व्यवस्था गर्न पनि पुनः माग गरेको छ। अध्यक्ष केसीले समावेशी र समानुपातिक प्रणाली व्यवहारमा कार्यान्वयन नभइरेहको उल्लेख गर्दै विभिन्न समानुपातिक समावेशी व्यवस्था कार्यानवयनमा जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...