विश्वकर्मा पुजामा धनकुटामा सवारी चालक व्यवसायीहरुलाई सम्मान

Dkt 1 ashoj

धनकुटा । विश्वकर्मा पूवाको अवसरमा धनकुटामा धनकुटा अटो वर्कशपले सवारी चालकहरु र यातायात व्यावासीहरुलाई सम्मान गरेको छ भने धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरसबाट बच्न माक्स वितरण गरेको छ ।

वर्कशपले विश्वकर्मा पुजाको अवसरमा धनकुटाका सवै भन्दा पुराना चालकदेखि अहिलेसम्मका चालकहरुलाई र यातायात व्यवसायीहरुलाई गरी १८ जनालाई सम्मान तथा अभिनन्दन गरेको थियो । सोही अवसरमा धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरसबाट बच्नका लागी माक्स वितरण गरेको थियो ।

धनकुटा अटो वर्कशपका प्रोपाईटर गणेश पाण्डेको अध्यक्षतमा सम्पन्न भएको पुजा तथा सम्मान र अभिनन्दन कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्गका गुल्मपती डिएसपी रामचन्द्र श्रेष्ठ, शिक्षा समन्वय इकाई धनकुटाका प्रमुख मोहनकुमारी राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, धनकुटा यातायात प्रालिका अध्यक्ष दिनेश राइ, समाजसेवी तथा राष्टिय रेफ्री विनय राई, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव बिदुर खवास, रेडियो भेडेटारका स्टेशन म्यानेजर पूर्ण चौधरी लगायतले सवारी चालकहरु र यातायत व्यावसायीहरुलाई खादा लगाई दिई सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...