एकैपटक ३४ सहसचिवको सरुवा, को कहाँ सरुवा भए ? (सुचीसहित)

Samanya prasashan mantrala

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरेको हो ।

अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ । मन्त्रालयले मंगलबार मात्रै २५ जना उपसचिवहरूको सरुवा गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न स्थानीय तह तथा प्रदेशमा कार्यरत उपसचिवहरूलाई प्रदेश मन्त्रालय र स्थानीय तहमा सरुवा गरेको हो ।

मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका उपसचिव गणेश सिंह ऐरीलाई अमरगढी नगरपालिका डडेलधुरामा सरुवा गरेको छ ।

मेचीनगर नगरपालिका, झापाका महेन्द्रकुमार खाम्याहाङलाई अर्जुनधारा नगरपालिका झापा, माई नगरपालिका इलामका दिनानाथ लम्साललाई मेचीनगर नगरपालिका, झापा रतुवा माई नगरपालिका, मोरङका राजेन्द्र भट्टराईलाई गौरा दह नगरपालिका झापा, गौरा दह नगरपालिकाका खेमराज ओझालाई रतुवा माई नगरपालिकामा सरुवा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा कार्यरत गणेशप्रसाद दाहाललाई बिर्तामोड नगरपालिका झापा, जिरी नगरपालिका दोलखाका शिवप्रसाद रिजाललाई बागलुङ नगरपालिका बागलुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका ध्रुवकुमार कोइरालालाई भेरी नगरपालिका जाजरकोट र अर्जुनधारा नगरपालिका झापाका पंकज भुर्तेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश एकमा सरुवा गरिएको छ ।

यस्तो छ सरुवाहरुको सूची :

यस्तो छ सरुवाहरुको सूची :

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...