आजदेखि लामो दूरीको यातायात सञ्चालनमा, भाडामा ५० प्रतिशत वृद्धि, सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाइने

१० दिनको अवस्था अध्ययन गरेर अग्रिम बुकिङ खुलाइने

8745646

काठमाडौँ । झन्डै ६ महिनादेखि बन्द रहेको लामो दूरिको यातायात आज (बिहीबार) देखि सञ्चालन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेको थियो।

५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ। एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको सर्त छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार मन्त्री, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बिहीबारदेखि लामो दूरीका सवारी सञ्चालन गर्ने सहमति भएको छ। १० दिनको अवस्था अध्ययन गरेर मात्र अग्रिम टिकट खोल्नेतर्फ केन्द्रित हुने महानिर्देशक गोगनबहादुर हमालले बताएका छन् ।

हमालले भने, ‘अहिले नै अग्रिम टिकटका सम्बन्धमा बोल्न सकिने अवस्था छैन।’ स्थिति सामान्य रहिरहे असोज दोस्रो सातासम्म सरोकारवाला निकायसँग छलफल गरी निर्णय लिइने उनले बताए।अघिल्ला वर्षमा दसैं सुरु हुन लाग्दा उपत्यकाबाट थातथलो जाने यात्रुका लागि अग्रिम टिकट खुला हुने गरेको थियो।

अग्रिम टिकट लिन यात्रुको लामो घुइँचो लाग्ने गर्छ। यातायात व्यवसायीले विगत वर्षमा दसैंका लागि गाडी थप्ने गरेका थिए। तर, यो वर्ष कोरोना कहरको पीडामा रहेकाले गाडी थप हुने सम्भावना न्यून रहेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।

‘यातायात सेवा ठप्प रहेकाले व्यवसायी मर्कामा छन्। बल्ल यातायात क्षेत्र बामे सर्ने प्रयासमा छ। पुराना व्यवसायीलाई खर्च धान्न गाह्रो छ। गाडी थप गर्न आर्थिक रूपमा सम्भव छैन’, उनले भने।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...