भारतमा एकैदिन ९७ हजारमा कोरोना संक्रमण, संक्रमितको संख्या ५१ लाख नाघ्यो

Corona india 1

नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तिव्र गतिमा बृद्धि भैरहेको छ । कोरोना भाइरस संक्रमितको संख्या साढे ५१ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९७ हजारभन्दा बढीमा संक्रमण देखिएको हो ।

बिहीबार भारतमा ९७ हजार ८५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ लाख १५ हजार ८५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४० लाख २२ हजार ४९ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १० हजार ६१४ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा १ हजार १३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ हजार २३० पुगेको छ ।

प्रतिकृया दिनुहोस