सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प, क्षतिको विवरण आउन बाँकी

Earthquake

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान गएको भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

बिहान ५ः१९ बजे आएको पराकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको छ ।

बिहानै भूकम्पको धक्काले हल्लाएपछि काठमाडौंका बासिन्दा एकाएक भागाभाग बनेका थिए । बिहानै अघिकांस मानिसहरु घरबाहिर निस्किएका छन् । भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामान्य क्षतीको विवरण आए पनि मानवीय क्षती भए नभएको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

यसअघि भदौ २६ गते नेपाल-भारत सीमानजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...