प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध
काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । पाउडरबाहेक ताजा प्याज निर्यातमा रोक लगाएको हो । वाणिज्य तथा उद्योग मन्त्रालयले एक सूचना जारी गरेर प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ । सरकारको यो निर्णय तत्काल लागू भएको बीबीसी हिन्दीले जनाएको छ ।
सरकारले घरेलु माग पूरा गर्न र प्याजको मूल्य पूरा गर्न यस्तो कदम उठाएको हो । अहिले दिल्लीमा प्याज ३५ देखि ४० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ । गएको डिसेम्बेरमा प्याजको मूल्य प्रतिकिलो १६० रुपैयाँसम्म पुगेको थियो ।
यो प्रतिबन्धले बैङ्लोर र कृष्णपुरममा उत्पादन हुने प्याजलाई पनि समेटेको छ । त्यहाँको प्याज आकार र स्वादका कारण भान्सामा प्रयोग गरिँदैन । ‘प्याजको सबै किसिमको निर्यात तत्काललाई रोक लगाइएको छ’, मन्त्रालयको सूचनामा उल्लेख छ । तर, थाइल्याण्ड, सिंगापुर, श्रीलंका लगायत देशमा निर्यात गरिने इन्डियन एक्सप्रेसले जनाएको छ ।
प्रतिकृया दिनुहोस