लिगमा चेल्सीको सानदार सुरुवात

Chelsea win 2 1024x614

एजेन्सी । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेको छ । प्रिमियर लिगको पहिलो खेलमा चेल्सीले ब्राइटनमाथि ३–१ को सहज जित दर्ता गरेको हो ।

ब्राइटनको मैदानमा चेल्सीको जितमा कप्तान जर्गिन्हो, रिस जेम्स र कर्ट जोउमाले समान एक गोल गरे । घरेलु टोलीका लियान्द्रो ट्रोसार्डले एक गोल फर्काए । सोमबार राति भएको खेलमा चेल्सीले खेलको २३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।

टिमो वेर्नरलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा जर्गिन्होले चेल्सीले खेलमा १–० को अग्रता बनायो । बल पोजेसनमा पकड बनाउदै चेल्सीलाई दवावमा राखेको ब्राइटनले ५४औं मिनेटमा खेललाई १–१ गोलको बराबरीमा ल्यायो । ५६औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई पुन २–१ को अग्रता दिलाए ।

६६औं मिनेटमा कर्ट जोउमाले गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयमा रस बार्कलीको प्रहारलाई गोलरक्षक रायनले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी ३–१ ले विजयी हुन सफल भयो । जितसँगै चेल्सीले पहिलो खेलबाट महत्वपुर्ण ३ अंक लिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...