वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस, कुलमानको विषयमा केही निर्णय भएन

6545421

काठमाडौँ । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक सिट खाली छ । त्यसैमा गौतमको नाम सिफारिस भएको हो ।

यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेन ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न चौतर्फी रुपमा दबाब सिर्जना भइरहेको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...