धनकुटामा सञ्चारकर्मीलाई निशानदेवी मिडियाले दियो स्वास्थ्य सामाग्री

Dkt nishannews

धनकुटा । पछिल्लो समयमा कोरोना संक्रमण फलिदै गर्दा धनकुटाका सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गरिएको छ ।

फैलिदो कोरोना संक्रमणबाट बच्न र हिडडुलमा सहज होस् भनेर निशानदेवी मिडिया प्रालिले धनकुटामा १० जना सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो ।

सोमबार नेपाल पत्रकार महासंघको हलमा आयोजित कार्यक्रममा निशानदेवी मिडिया प्रालिका अध्यक्ष गोपाल बराइलीले नेपाल पत्रकार महासंघका धनकुटा अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलाई प्रेस ज्याकेट, फेसशिल्ड, माक्स लगायतका स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरे ।

स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ सदस्य सन्तोष रुचाल, नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) का धनकुटा अध्यक्ष सन्तविर लामा, प्रेस संगठन नेपालमा जिल्ला सहसंयोजक इश्वर थापा, नेपाल प्रेस युनियनका विकास घिमिरे लगायतले कोरोना कहरका बेला पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिनु आफैंमा स्वागतयोग्य भएको बताए ।

घ्यालसुम्दो सेवा समाजका पूर्वअध्यक्ष छिरिङ राप्के लामा र सञ्चारकर्मी मुकुन्द सुुुुुवेेेेदीको विषेश पहलमा अमेरिकामा बसोबास गर्ने नेपालीहरुको आर्थिक सहयोगमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको निशानदेवी मिडिया प्रालिका अध्यक्ष गोपाल बराइलीले बताए ।

निशानदेवी मिडिया प्रालिले यसअघि काठमाडौंमा रहेका ७५ जना सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रीव वितरण गरेको थियो । घ्यालसुम्दो सेवा समाजका पूर्वअध्यक्ष छिरिङ राप्के लामा र सञ्चारकर्मी मुकुन्द सुवेदीको विषेश पहलमा देशका विभिन्न स्थानहरुमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...