एकैदिन थप ८,७९ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, निको हुनेको संख्या ३९,५७६ पुग्यो

5642321

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ सय ७९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ८ सय ७९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार ३ सय ९३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ८ सय ९२ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ७ हजार २ सय ७५ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना छन् ।

पछिल्लो घण्टामा देशभर १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ८ लाख ५१ हजार ४ सय ०५ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस