विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ७ हजार बढी संक्रमित फेला

Corona update

काठमाडौँ । विश्वमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन् । एकदिनमा अहिलेसम्मकै उच्च संक्रमणको रेकर्ड कायम गरेको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार आइतबार एकै दिन तीन लाख ७ हजार ९०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मृत्यु हुनेको संख्या ५५ सय भन्दा धेरैले बढेर विश्वभर कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ लाख १७ हजार भन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा संक्रमित थपिएका हुन् । भारतमा आइतबार ९४ हजार भन्दा धेरै, अमेरिकामा ४५ हजार भन्दा धेरै तथा ब्राजिलमा ४३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

डब्लुएचओका अनुसार विश्वभर कुल संक्रमितको संख्या दुई करोड ८६ लाख ३८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा भारत र अमेरिकामा एक हजार भन्दा बढीको तथा ब्राजिलमा ८७४ जनाको कोभिड–१९ का कारण ज्यान गएको हो । संक्रमितको संख्यामा भारत विश्वकै दोस्रो ठूलो मुलुक हो । अमेरिका यो सूचीको शीर्ष स्थानमा छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...