कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

Death corona

बुटवल । कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तु शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको बुटवलमा मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ती महिलाको बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डायलसिस गराइरहेकी उनलाई खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लगी पीसीआर जाँच गरिएको थियो । त्यसपछि भदौ २१ गते कोरोना विशेष अस्पताल भर्ना भएकी उनका दुवै मृगौलाले काम गर्न छाडेको र श्वासप्रश्वासमा समस्या भई मृत्यु भएको थापाले बताए । उक्त अस्पतालमा अहिलेसम्म मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

 

 

प्रतिकृया दिनुहोस