पछिल्लो २४ घण्टामा थप १, ०३९ संक्रमित थपिए, कुल संक्रमित संख्या ५४,१५९ पुग्यो

254535

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै आइतबार ५४ हजार १५९ पुगेको हो ।

पीसीआर परीक्षण ९ हजार १६५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रीय संक्रमितको संख्या १५, ११७ रहेको छ । यस मध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित ७, ७३०जना रहेका छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७, ३८७ छ ।

२४ घण्टामा ९,१६५ पीसीआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ११७३ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३८,६९७ छ ।

आइसीयूमा रहने कोरोना संक्रमित देशभर १६९ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या २३ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...