सिन्धुपाल्चोक पहिरोः ७ जनाको शव फेला, २४ अझै बेपत्ता

Ppahiro

काठमाडौँ । अबिरल वर्षाका कारण गएराति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ । बिहान पहिरो जाँदा बेपत्तामध्ये सात जनाको शव फेला परेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए । पहिरोमा अझै २४ जना हराइरहेको उनले बताए ।

माथि भीर र तल खेत भएको ठाउँमा पहिरो गएको उनले बताए । यसअघि पनि पहिरो जाँदा सम्भावित ठाउँहरू आँकलन गरी सुरक्षित गरिएको थियो ।

उनका अनुसार पहिरोमा १६ घर क्षतिग्रस्त छन् । घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ । प्रहरीले भेटिएका शवहरूको पहिचान गरिरहेको छ । बेपत्ता भएकाहरूको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको मेयर शेर्पाले बताए ।

प्रतिकृया दिनुहोस