सास फेर्न समस्या भएपछि भारतका गृहमन्त्री अमित शाह अस्पताल भर्ना

Amit shah

नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । दुई हप्ताअघि कोरोना भाइरसको संक्रमण मुक्त भएर डिस्चार्ज भएका गृहमन्त्री अमित शाह स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार रानि पुनः अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शाह दिल्लीस्थित एम्स अस्पतालमा शनिबार राति ११ बजे भर्ना गरिएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

५५ वर्षका भाजपा नेता शाह अगस्ट दुईमा कोरोना संक्रमित रहेको पुष्टि भएको थियो । शाहलाई अगस्ट १८ मा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । १३ दिनपछि उनी कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...