लिदी पहिरोपीडितलाई २७ लाख सहयोग

Money 1od5u3tkrx

काठमाडौँ । गत साउन ३० गते जिल्लाको जुगल गाउँपालिकाको लिदी गाउँमा गएको पहिरोबाट पीडितलाई अहिलेसम्मकै बढी सहयोग रकम शनिबार हस्तान्तरण गरिएको छ । प्रवासमा रहेका तामाङ सङ्घसंस्थाबाट प्राप्त २२ लाख १२ हजार ४९५ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट उठेको चार लाख ८९ हजार २२५ गरी एकमुष्ट रु २७ लाख एक हजार ७२० रकम पीडित परिवारसमक्ष राहतस्वरुप हस्तान्तरण गरिएको हो ।

पीडितहरुको अस्थायी आवास क्षेत्र जुगल–१ स्थित बाँसखर्कमै पुगेर नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने संविधानसभा सदस्य दावा तामाङ, नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोलेलगायतको प्रतिनिधि टोलीले उक्त राहत रकम वितरण गरेको हो ।

नेपाल तामाङ घेदुङका अनुसार पहिरोमा परी मृत्यु भएका १२ धरधुरीलाई ६० हजारका दरले सात लाख २० हजार, घर पूर्णक्षति भएका १७ घरधुरीलाई रु २५ हजारका दरले चार लाख २५ हजार र विस्थापित १४१ घरधुरीलाई १० हजारका दरले १४ लाख १० हजार राहतस्वरूप हस्तान्तरण गरिएको छ ।

प्रवासका संस्थाहरु तामाङ समाज बेल्जियमले चार लाख, तामाङ समाज जापानले तीन लाख ७० हजार, तामाङ सङ्घ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसानले तीन लाख ३२ हजार, तामाङ घेदुङ हङकङले तीन लाख आठ हजार, तामाङ घेदुङ युकेले दुई लाख एक हजार, नेपाल तामाङ घेदुङ बहराइनले एक लाख ५२ हजार सहयोग गरेका छन् । त्यस्तै नेपाल तामाङ घेदुङ कतारले एक लाख २० हजार ३८४, नेपाल तामाङ घेदुङ साइप्रसले एक लाख, मकाउ तामाङ घेदुङ एशोसिएशनले एक लाख १० हजार र नेपाल तामाङ घेदुङ मलेशियाले एक लाख चार हजार सहयोग उपलब्ध गराएका थिए ।

नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले उक्त सहयोग हस्तान्तरणमा समन्वयकारी भूमिका खेलेका थिए । साउन ३१ गते गएको पहिरोले लिदीका ३७ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएकामध्ये ३७ जनाको शव भेटिएको छ भने दुई अझै बेपत्ता छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...