चितवनमा ३१ जना कोरोना संक्रमित थपिए

Corona1 4

भरतपुर । चितवनमा ३१ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालको कोभिड–१९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार राति सार्वजनिक गरिएको विवरणअनुसार चितवनका १५ जनासहित ३१ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको ल्यावमा गरिएको परीक्षणमा भरतपुरका २ महिला र २ पुरूषमा संक्रमण पुष्टि भएको हो । यस्तै सुर्खेत र रौतहटका २ महिला तथा धनुषाका एक पुरूषमा पनि संक्रमण पुष्टि भएको ल्यावकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

यस्तै चितवन मेडिकल कलजेको ल्यावमा भएको परीक्षणमा भरतपुरका ५ पुरूष र ४ महिला तथा रत्ननगरका २ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुर गैँडाकोटका ३ महिला र ३ पुरूष, हुप्सकोट र मध्यविन्दुका एक–एक जना महिला र पुरूषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै बाँके, काठमाडौँ, रुपन्देही, तनहुँ र लमजुङका एक–एक जना गरी अरू ५ जनामा पनि संक्रमण भएको चितवन मेडिकल कलेजले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...