दलित भएकै कारण तनहुँमा एक युवतीको हत्या

Suku pariyar

तनहुँ । तनहुँको ब्यास नगरपालिका १० सेवरमा अन्तरजातीय प्रेमविवाह गरेकी सुकु परियारको मृत्यु प्रकरण पेचिलो बन्दै गएकाे छ ।

नवराज गुरुङसँग १० महिनाअघि प्रेम विवाह गरेकी सुकुलाई जातीयताका कारण हत्या गरिएको माइती पक्षले किटानी जाहेरी दिए पछि घटना थप रहस्यमय बन्न पुगेको हो ।

परियारलाई विवाह गरि ल्याएदेखि नै जातीयताको कारण देखाएर छुट्टै बस्दै आएका उनका सासु ससुराले भने मृत्यु प्रकरणको बचाउ गर्दै आएका छन् ।

नवराजकी आमाले भने ओछ्यानमा प्रयोग हुने लेसको पासो प्रयोग गरि सुकुले आत्माहत्या गरेको बताउनुभयो ।

५ महिनाकी गर्भवति समेत रहेकी परियारले लामो समय देखि कथित तल्लोजात भएकै कारण यातना खेप्दै आउनुभएको थियो ।

सुकुकी दिदी लक्ष्मी परियारका अनुसार देवर शिशिरले जातीय गाली सहित भाउजुलाई कुटपिट गर्ने गरेको बुझिएको छ ।

भाउजुलाई कुटपिट गर्दै आएका देवरलाई सुकुका श्रीमान नवराजले समेत ढाडस दिने गरेको आरोप लक्ष्मीले लगाउनुभयो ।

घटना स्थलको प्रकृति र मृतक परियारको शरिरमा देखिएको चोटका कारण आत्माहत्या भएको मान्न नसकिने सुकुका दाई सोम परियारले बताउनुभयो ।

उहाँले कथित तल्लो जात भन्दै गाली गलौज गर्ने श्रीमान र देवरले सुकुमाथि गर्ने ब्यवहारमा समेत परिवारको उक्साहट रहने गरेको भन्दै वहिनीको हत्या नै भएको जिकिर गर्नुभयो ।

शंकालु स्वाभावका नवराजले समेत बारम्वार कुटपिट गर्ने गरेको र विहिबार दिउँसो दाजुभाईको संलग्नतामा सुकुको हत्या भएको बुझिएको छ ।

अहिले जिल्ला प्रहरी कार्यालयले श्रीमान र देवर दुवैलाई पक्राउ गरि हिरासतमा राखेको छ ।

मृत्युप्रकरण रहस्यमय भएपश्चात सुकुको शव समेत पोष्टमार्टन हुन सकेको छैन ।

उनले शवलाई शनिबार पोष्टमार्टमका लागि पोखरा लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले घटनाको विषयमा अनुसन्धान भईरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस