कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो

Corona 4 1

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को सुनसरीमा १, प्रदेश २ को पर्सामा १, वाग्मती प्रदेशमा ६, गण्डकीमा ४ र प्रदेश ५ मा २ गरी १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

वाग्मती प्रदेशको काठमाडौंमा ३, भक्तपुरमा २ र चितवनमा १, गण्डकी प्रदेशको तनहुँ,स्याङजा,गोरखा र कास्कीमा १/१ जना र प्रदेश ५ को रुपन्देहीमा २ गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृतक मध्ये ३ महिला र ११ पुरुष छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...