कोरोनाको कहर : काठमाडौँका घरबेटीले पाउनै छाडे भाडावाल, जताततै सटर कोठा खाली

Room

काठमाडौँ । कोरोना माहामारिको कारण काठमाडौँ उपत्यकामा कोठा र सटर छाड्ने मानिसको संख्या बढ्दै गएपछि घरबेटीलाई भाडावाल भेट्न सकस परेको छ ।

व्यापार व्यवसाय नभएको कारण कोठा भाडा तिर्नसमस्या भएको कारण काठमाडौँ उपत्यकाका ठाउँठाउँमा टु लेट कोठा फ्ल्याट खाली छ भने सूचना जताततै भेटिन थालेको छ । कोरोना संक्रमणको कारण ४ महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका हुन् । 

लामो समयको बन्दाबन्दीले व्यापार व्यवसाय ठप्प भएपछि सटर खाली भएका हुन् भने अध्ययनको लागि बसेका विद्यार्थी एवं अन्य मानिस घर फकेएपछि कोठा र फ्ल्याट खाली भएका हुन् । यही भएकाहरुपनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । यति मात्रै होइन काठमाडौँको बसाई टुंग्याएर गाउँ फर्कने मानिसको संख्या पनि बढ्दै गएको छ ।  होटल, रेष्टुरेण्ट, होस्टलदेखि अधिकांश व्यवसाय गर्ने व्यबसायीले ब्यवसाय नै बन्द गरेर घर खाली गराएका छन् ।

कति कोठा खाली भए भन्ने आधिकारिक  तथ्याङ्क नभएपनि कोठा खाली भएका धेरै सूचनाहरु घर, पसल र सार्वजनिक स्थलमा टाँसिएको देखिन्छ । काठमाडौं अनामनगरका एक घरधनी हरिप्रसाद पराजुली उपत्यका भरी नै एकनासको समस्या रहेको बताउँछन् ।

कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म यहाँका घरधनीहरुले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले लक डाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताए । भाडामा बस्नेहरुको संख्या घट्दै घएपछि ऋण काढेर घर बनाएकाहरुलाई भने समस्या देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...