गण्डकीमा ४५ जना कोरोना सङ्क्रमित थपिए

431121

काठमाडौँ । गण्डकी प्रदेशमा ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) देबचुली ३४, कास्कीको पोखरा महानगरपालिका १० र गोरखाको आरुघाटका एकजना रहेका छन् । शुक्रबार राति १ः१५ बजे पोखरा महानगरपालिका–५ की ४५ वर्षीय महिलाको पोखरास्थित फिष्टेल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोनाको सङ्क्रमणले हालसम्म २४ जनाको मृत्यु भएको छ ।

प्रदेशमा हालसम्म ५५ हजार ६९९ जनाको पिसिआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनामा कोरोना सङ्क्रमण देखिएको छैन भने उपचारपछि एक हजार ८४९ जना निको भइसकेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९९२ जना रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...